विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिक  पक्राउ

(नेपाल क्राईम)                                                          त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । ड्रुक एयरलाइन्समार्फत् हङकङ जान लागेका चिनियाँ नागरिकलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो । ब्यूरोका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार बरामद गरिएको धुलो वस्तु परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ