(नेपाल क्राईम)
स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले नेपाली रुपैयाँ १४ लाख ५० हजार र नौ लाख भारुसहित चारजनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा बिहीबार (फागुन २२) अवैध रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख एवं एसपी निरञ्जन भट्टले जानकारी दिए ।