नेपाल प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा

(नेपाल क्राईम)                                                               नेपाल प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ।

सोमबार राति बसेको बढुवा समितिको बैठकले उनीहरुलाई एसपीबाट एसएसपीमा बढुवा सिफारिस गरेको हो।

बढुवाका लागि सिफारिस गरिएको सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस अगाडि एसएसपीमा सहमति नहुँदा लामो समयदेखि बढुवा सिफारिस हुन सकेको थिएन।

बढुवा सिफारिसमा पहिलो नम्बरमा एसपी रमेश थापा भएका छन्। त्यसपछि क्रमशः दोस्रो, तेस्रो, चौथो, पाचौं, छैठौं, सातौ नम्बरमा अजय केसी, अनुपम शमशेर जबरा, वीर बहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण कोइराला र होबिन्द्र बोगटी बढुवा भएका छन्।