बसले गुडिरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

महेन्द्रराजमार्गअन्तर्गत अरुणखोला नजिक एउटा यात्रुवाहक बसले गुडिरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी मधु नेपालका अनुसार दुर्घटनामा स्कुटर चालक धादिङको नीलकण्ठ नगरपालिका–५ निवासी २६ वर्षीय शिवजी वस्तीको उपचारको क्रममा आज बिहान मध्यबिन्दु अस्पतालमा मृत्यु भएको हो । मृतकको शव अस्पतालमै छ ।