बन्दुक र जंगली जनावरको छालासहित बैतडीबाट एकजना पक्राउ

(नेपाल क्राईम)                                                             भरुवा बन्दुक र जंगली जनावरको छालासहित बैतडीबाट एकजना पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका–८, चौरथली कालागाउँका ५१ वर्षीय पाल विष्ट भरुवा बन्दुक र जंगली जनावरको छालासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले बताए ।

विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट तल्लादेहीबाट खटिएको टोलीले भरुवा बन्दुक, त्यसमा लाग्ने सिसाका सात राउन्ड गोली, दुई/दुईथान घोरल र रतुवाको छालासहित विष्टलाई पक्राउ गरेको उनले जानकारी दिए ।

मंगलबार (फागुन २०) दिउँसो विष्टको घरमा खानतलासी गर्दा भरुवा बन्दुक र जंगली जनावरको छाला फेला परेपछि उनलाई पक्राउ गरिएको बडूले बताए ।