नेपालगन्जमा ३८ औं लागु औषध विरुद्धको अन्तराष्ट्रिय दिवशका अवसरमा प्रभातफेरी कार्यक्रम

नेपालगन्जमा ३८ औं लागु औषध विरुद्धको अन्तराष्ट्रिय दिवशका अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।

नेपालगन्जमा  बिहीबार आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख र प्रतिनिधि, लागु औषधविरुद्ध काम गर्ने विभिन्न निकाय तथा सङ्घ सस्था, समाजसेवी, मिडियाकर्मीलगायतको उपस्थिति थियो । बाँके जिल्ला प्रशासन कार्यालय प्राङ्गणबाट सुरु भएको थियो भने भेरी प्राविधिक शिक्षालयमा समापन गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बाँके जिल्ला भारतीय सिमानासँग जोडिएको जिल्ला भएकोले यहाँ लागु औषध भित्रिने तथा कारोबार हुने चुनौती देखिएको बताउँदै सो रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तिमगरले लागु औषधविरुद्ध प्रहरीले अभियाननै सञ्चालन गरेर नाकादेखि कोहलपुरसम्म कडाइ गर्नुका साथै नियन्त्रणका उपायहरु अपनाइरहेको बताए ।