२८ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

(नेपाल क्राईम)

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले पदोन्नति भएका २८ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच आईजीपी कुँवरले उनीरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ माघ ९ गतेको निर्णयअनुसार प्रहरी उपरीषक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका २५ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ माघ ८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा १ जना तथा प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा २ जना गरी जम्मा २८ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।