नाकको प्वालभित्र ड्रग्स

(नेपाल क्राईम)

कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। शुक्रबार गोदावरी नगरपालिका-५ गेटा मेडिकल कलेज नजिकबाट सोही वडा बस्ने ३३ वर्षका ओकेन्द्र चौधरी १ ग्राम ३४० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थसहित पक्राउ परेका हुन्।इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चौधरीलाई नाकको दाहिने पट्टिको प्वालभित्र लुकाएर राखेको अवस्थामा खैरो हिरोइन फेला पारी पक्राउ गरेको हो।