बाँके प्रहरीले तस्करहरूको मनोबल घटाउँदै धमाधम अवैध सामग्री ४ लाख बढीको पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो परिमाणमा भारतबाट ल्याउँदै गरेको अवैध सामग्री बरामद गरिएको छ। नेपालगञ्ज वार्ड नं १२ महेन्द्र बहुमुखी क्याम्पस तिर ल्याउँदै गरेका ४ लाख८५ हजार ९५० रुपैया बढीको सामग्री बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बरामद सामग्रीहरूमा स्टिलको थाल ९० पिस स्टिलको कचौरा २०० पिस कुकर ५ पिस चामल १५ प्याकेट पानी बषौती २८० पिस अटो पार्ट्स लगायतका अन्य थुप्रै अवैध सामग्री रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्ती मगरले अवैध तस्करी विरुद्ध खरो रूपमा उत्रन निर्देशन दिँदै आएका छन्। एसपीको कडा निर्देशनले तस्करी निस्तेज पार्ने उद्देश्यका साथ अहिले बाँके प्रहरीले तस्करीहरूको मनोबल घटाउँदै धमाधम अवैध सामग्री बरामद गर्दै आएको एसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए।