आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । स्कटल्याण्डमा जारी खेल नेपाली समयअनुसार आज अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ ।नेपाल र स्कटल्याण्डसँग १–१ खेल खेलेको नेदरल्याण्ड्स दुवै खेलमा पराजित भएको छ । नेपालले नेदरल्याण्ड्ससँग यस लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ । गत वर्षको फेब्रुअरीमा कीर्तिपुरमै भएको एकदिवसीय शृंखलामा नेपालले १ खेल जित्दा १ खेलमा पराजित भएको थियो ।