महोत्तरीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।जलेश्वर नगरपालिका- ६ धबौली बस्ने ४० वर्षीय राजेश साहको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।महोत्तरी गाउँपालिका- १ सोनखडास्थित पोलमा चढेर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।