बाजुराको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु

(नेपाल क्राईम)                                                        बाजुराको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।सुपप्र ०१–००१–४४३० नम्बरको जीपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।बूढीनन्दा–१० घर भई बूढीनन्दा–९ पाण्डुसैन छोरीको घर बस्दै आएकी धामीलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।