(नेपाल क्राईम)
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने दुम्कीबासको पुल भाँचिएको छ ।
पुल भाँचिएपछि अहिले यातायात ठप्प भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको हो ।
अधिक भार बोकेको लरीका कारण शुक्रबार साँझ साढे ५ बजेतिर दुम्कीबासदेखि केही पूर्वमा रहेको विनयी खोला पुलमा भाँचिएको हो । इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाका अनुसार जीर्ण पुलमा अत्यधिक तौल बोकेको लरी गुड्दा पुल नै लच्किएको हो । डाइभर्सन सडक नबनाएसम्म यातायात नखुल्ने भएको छ ।