धनुषामा रोटेपिङ भाचिएपछि फसेका ५६ जनालाई नेपाली सेनाले गरे उद्धार

धनुषामा रोटेपिङ भाचिएपछि फसेका ५६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ।

शुक्रबार साँझ ७ बजे धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ स्थित राजदेवी मन्द्रिर प्रांगणमा मेला चलिरहँदा रोटे पिङ भाँचिएको थियो।

नेपाली सेनाका अनुसार पिङ चल्दा चल्दै भाँचिएपछि ५६ जना पिङमै अड्किएका थिए।