(नेपाल क्राईम)
भक्तपुरको लक्ष्मण खड्काको हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका- ९ का ३९ वर्षीय यादव पौडेल र सिन्धुलीको तीनपाटन गाउँपालिका- ३ चकमकेका २४ वर्षीय अनिश तामाङ रहेका छन् ।मध्यपुर ठिमी नगरपालिका- ६ बस्ने खड्कालाई कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।