बाँकेमा ब्राउनसुगरसहित दुई जना पक्राउ

बाँके प्रहरीले ७०ग्राम ५२० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका—१२ स्थित बाजेको सेकुवा घरको अगाडीबाट मंगलवार बेलुकी करिव ८ वजेतिर दुई जनालाई पक्राउ गरिएको  बाँकेका प्रहरी प्रमुख  एसपी राम प्रसाद  घर्तीमगरले  बताए ।पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका—१६ का १९ वर्षीय शमिर बेहना र सोही ठाउँका ३१ वर्षीय जुमाई सिद्धिकी रहेको एसपि  राम प्रसाद  घर्तीमगरले जानकारी दिए ।बाजेको सेकुवा अगाडी हिडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी सहायक निरीक्षक सुरेन्द्र खत्री र लागु औषध नियन्त्रण ब्यूरो नेपालगन्जका प्रहरी सहायक निरीक्षक नविन शाहीको टोलीले पक्राउ गरेको उनले बताए । गोप्य सुचनाको आधारमा शमिर बेहनाले लगाएको जिन्स पाइन्ट खानतलासी गर्दा उनले लगाएको पाइन्टको गोजीमा ब्राउनसुगर फेला परेको बाँके  प्रहरी प्रमुख  एसपी राम प्रसाद  घर्तीमगरले   जानकारी दिए ।