७० औं प्रहरी दिवस मनाइदै

नेपाल प्रहरीले आज ७० औं प्रहरी दिवस मनाउँदैछ । दिवसको अवसरमा देशभर विविध कार्यक्रमको आयोजना गरिदैछ ।

प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्री ओमप्रकाश अर्याललगायत सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।