हिन्दु-मुस्लिम समुदायबीच झडप

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २०, झण्डाचोकमा गणेश मूर्ति विसर्जनलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ ।मूर्ति विसर्जनका लागि मुस्लिम बस्तीबाट लैजाने क्रममा विवाद उत्पन्न भएपछि दुवै पक्षबीच ढुङ्गा प्रहार र झडप भएको हो । झडप नियन्त्रण गर्न प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले बताए । अहिले स्थिति तनावग्रस्त रहेको र अप्रिय घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो सङ्ख्यामा परिचालित गरिएको छ