वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० आई सिरिजअन्तर्गत नेपालले आज सोमबार दोस्रो खेल खेल्दै छ ।पहिलो खेलमा हात परेको ऐतिहासिक जितसँगै नेपाली उत्साहित छ भने वेस्ट इन्डिज बदला लिने दाउमा छ ।खेल यूएईको साहजाहस्थित सारजाह क्रिकेट रगंशालामा नेपाली समयअनुसार राति सवा ८ बजे शुरू हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको छ ।