दुई समुदायबीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिन कर्फ्यु जारी

दुई समुदायबीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिन  धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठामाकर्फ्यु  लगाएको छ। स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शुक्रबार साँझ ६:३० बजेदेखि अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि अर्चायाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निषेधाज्ञा पूर्वमा लोहना जाने बाटो, पश्चिममा बहसिया जाने बाटो, उत्तरमा बाबा पेट्रोलपम्प–सिक्स लेन बाटो र दक्षिणमा गंगुली पुलसम्म लागू हुने जनाइएको छ।दुर्गा मूर्ति विसर्जनको विषयमा विवाद भएको छ । हिन्दू पक्षले भने आफ्नो मूर्ति विसर्जनमा ढुंगामुढा गरिएको आरोप लगाएका छन् । सो वडाका वडाध्यक्ष भोला कवाडीका अनुसार मुर्ति विसर्जनपश्चात केही व्यक्तिले मुस्लिम समुदायको दाहा राख्ने स्थलमा बनाइएको घरमा आगजनी गरेपछि विवाद सुरु भएको हो ।

यता, जिल्ला प्रहरी कार्यालयका धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले साँझ ५ बजेदेखि विवाद सुरु भएको र  विवाद वारे अनुसन्धान भइरहेको बताए ।