विराटनगरबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
शनिबार राति विराटनगर महानगरपालिका–१४ मलाया रोडबाट १७४ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
ब्राउन सुगरसहित विराटनगर – १२ का २३ वर्षीया रोशनलाल महतो र भारत बिहारको अररियाका २१ वर्षीय पवनकुमार यादव पक्राउ परेका छन् ।