एसपि जिसिले शान्ति कायम राख्न र सयंमित रहन नेपालगन्जवासिलाई अनुरोध

बाँकेका  केहि स्थानमा दुर्गा मुर्ति विसर्जनको क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ ।जिल्ला प्रहरी बाँकेका प्रमुख एसपि अंगुर जिसिका अनुसार झडपमा तीनजना नेपाल प्रहरीसहित २० भन्दा बढी व्यक्ति घाइते भएको जानकारी दिएका छन् ।बाँके प्रहरीले मुख्य झडप भएका तीन स्थानलाई हिजै नियन्त्रणमा लिएर सुरक्षा निगरानी बदाएको छ । एसपि जिसिले शान्ति कायम राख्न र सयंमित रहन बाँकेवासिलाई अनुरोध गरेका छन् ।