कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति ११ बजेको समयमा झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन् ।
घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिए । मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए ।
डीएसपी सिंहका अनुसार घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।