नेपाल र वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत आज अन्तिम खेल हुँदै

नेपाल र वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत आज अन्तिम खेल हुँदै छ । यूएईको शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा खेल बेलुका नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ ।

दुवै खेलमा जित निकाल्दै नेपालले शृंखला आफ्नो नाममा गरिसकेको छ । आजको खेल पनि जितेमा नेपालले शृंखला क्लिन स्वीप नै गर्नेछ ।अधिकांश युवा खेलाडीले भरिएको वेस्ट इन्डिजको कम अनुभवी टोली नेपालसामू निरिह देखिएको छ । अन्तिम खेलमा वेस्ट इन्डिजलाई क्लिनस्वीपबाट जोगिने दबाब पनि रहनेछ ।