भारतीय तीव्र गतिका बलर यश दयालमाथि नाबालिग बलात्कारको आरोप

भारतीय तीव्र गतिका बलर यश दयालमाथि नाबालिग बलात्कारको आरोप लागेको छ । जयपुरको सांगानेर प्रहरी चौकीमा यशविरुद्ध उजुरी दर्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यशले एक युवतीलाई दुई वर्षसम्म भावनात्मक रूपमा ब्ल्याकमेल गर्दै बलात्कार गरेको आरोप छ ।

यशले क्रिकेटमा करिअर बनाइदिने प्रलोभन देखाएर सीतापुराको एक होटेलमा बोलाएको र बलात्कार गरेको ती महिलाले उजुरीपत्रमा जनाएकी छिन् । सोही होटेलमा यशले ती महिलालाई पहिलोपटक यौन दुव्र्यवहार गरेका थिए । पहिलो घटना हुँदा पीडित महिला १७ वर्षकी थिइन् । प्रहरीले यो मुद्दालाई यौन अपराधबाट बालबालिकाको संरक्षण गर्ने कानुनअन्तर्गत दर्ता गरेको भारतीय सञ्चारमाध्यम एनडिटिभीले सम्प्रेषण गरेको छ ।