नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सवार गाडी दुर्घटना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सवार गाडी दुर्घटनामा परेको छ। गिरी सवार गाडी शनिबार टिपरसँग ठोक्किएको हो। बिहान ९ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गर्दा खैरा नजिक दुर्घटना भएको हो।

घोराहीमा जलेका संरचना अवलोकन गर्न जाने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनाबाट गाडीमा क्षति भएपनि मानवीय क्षति भने भएको छैन।