(नेपाल क्राईम)
पुस–प्रहरीले सामाजिक सञ्जालमार्फत् आफूलाई डाक्टर हुँ भन्दै लुटपाट गरेको आरोपमा एकजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोहत्तरीको जलेश्वर नगरपालिका–२ हरिटोल घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरीले जानकारी दिएको छ ।
मण्डलले आफूलाई डा. आलोकका रूपमा आफुलाई चिनाउने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । मण्डलले सुगर रोग निको पार्ने दाबी गर्दै बेहोस बनाउने औषधि सेवन गराई सर्वसाधारणको सुनचाँदीका गहना लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरको टोलीले अनुसन्धान एवं खोजतलासका आधारमा उनलाई नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरुखर्कबाट नियन्त्रणमा लिएको हो ।