जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक असई इन्द्र भुजेलको निधन
# प्रहरी सहायक निरीक्षक (असई)ड्युटीका लागि निस्कने क्रममा बेहोस् भई ढलेका भुजेलको उपचारको क्रममा निधन
जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको निधन भएको छ ।आज बिहान करिब ६ बजे ड्युटीका लागि निस्कने क्रममा बेहोस् भई ढलेका भुजेलको उपचारको क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए। डीएसपी गौतमका अनुसार, बेहोस् भई ढलेका उनलाई तुरुन्तै जिल्ला अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको हो ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।