खैरो हेरोईन र गाडी सहित भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले ५ सय ग्राम (आधा किलो) लागुऔषध खैरो हेरोईनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौंलाई केन्द्रबिन्दु बनाई भारतबाट खैरो हेरोईन ल्याई बिक्री वितरण गर्ने भारतको सुपौल, बिहार ठेगाना भएका वर्ष २७ का सतीशकुमार यादव र वर्ष २२ की ताञ्जिला प्रवीनलाई पक्राउ गरिएको सोमबार ब्यूरोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई भदौ २१ गते पक्राउ गरिएको थियो ।

काठमाडौंको कोटेश्वरबाट भारतीय नम्बरको स्कर्पियो गाडी, लागुऔषध खैरो हेरोईन ५०० ग्राम र डिजिटल तराजु उनीहरूको साथबाट बरामद भएको छ ।