(नेपाल क्राईम) रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गरुडा नगरपालिका- ४ बस्ने २९ वर्षीय रामजी साहको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। सोही नगरपालिका- १ जयनगरस्थित निर्माणाधीन सामुदायिक भवनको छतको नापी गर्न आएको गरुडा नगरपालिकामा कार्यरत साहलाई छतको छेउमा रहेको विद्युतीय तारबाट करेन्ट लागेको थियो ।करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि गण्डक अस्पताल वीरगञ्ज पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।