जेनजी पुस्ताको आन्दोलन चर्किएपछि पोखरामा अनिश्चितकालीन निषेधाज्ञा

जेनजी पुस्ताको आन्दोलन चर्किएपछि पोखरामा अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले शहीदचोक आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालका निषेधाज्ञा जारी गरिएको हो।