नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुङ्एिको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार साँझ भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही अवसर प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेनन् । अब नेपाल र बङ्गदादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २४ गते हुने छ ।