प्रहरीले काठमाडौंबाट ३८०० थान भेपसहित (विद्युतीय चुरोट) तीन जनालाई पक्राउ गरेको छ ।अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका-१५ चमतीबाट उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ स्थायी घर भई हाल काठमाडौंको बालाजु बस्ने ४० वर्षीय निमा छिरिङ शेर्पा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-७ स्थायी घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने ५२ वर्गीय रामबमहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ गाउँपालिका-४ स्थायी घर भई काठमाडौंको कपन बस्ने ४२ वर्षीय कृष्णबहादुर गुरुङ रहेका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।