डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही ३ का लागि चयन गरेको उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित गरेको छ।

सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने तय भएकोमा स्थगित भएको हो।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार ‘विशेष कारणवश पत्रकार भेटघाट कार्यक्रम अर्को समयका लागि सारिएको छ।’

रास्वपाले साउन ७ गतेदेखि भदौ ८ गतेसम्म रूपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न विभिन्न प्रक्रिया गरेको थियो। उक्त प्रक्रियाबाट डा. लेखजंग थापा रास्वपा उम्मेदवार चयन भएका थिए।

रूपन्देही ३ मा रास्वपाबाट ९ जना उम्मेदवार आकांक्षी थिए। तीमध्ये थापालाई रास्वपाले आइतबार उम्मेदवार घोषणा गरेको थियो। तर थापाले बहुविवाह गरेकोसम्बन्धी विषय बाहिर आएपछि उनी विवादमा तानिएका थिए।