नेपालगन्ज  बाँकेमा  फागुन महिनामा ६५ फरार प्रतिवादी पक्राउ

(नेपाल क्राईम)                                                         बाँकेमा फागुन महिनामा मात्रै ६५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका ६५ फरार प्रतिवादीलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको हो ।

पक्राउ परेका प्रतिवादीबाट १५ वर्ष दुई महिना १८ दिन कैद र रु चार लाख ३५ हजार ५५ जरिवाना असुलउपर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।नेपालगन्जबाट रु १४ लाख ७१ हजार आठ सय ७५ बराबरको अवैध भन्सार छलीको सामान बरामद गर्दै नेपालगन्ज भन्सार कार्यालय बुझाइको छ भने फागुनमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चारवटा टिपर र दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएर सम्बन्धित निकायमा पठाई रु ४८ हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीले बाँकेमा अवैध बोइलर कुखुराविरुद्धको कारबाहीमा भारतबाट ल्याइएका रु तीन लाख ७६ हजार आठ सय १० मूल्य बराबरको कुखुरा र मासु बरामद गरेर आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाएर नष्ट गरिएको छ ।

जिल्लामा प्रहरीले फागुनमा दर्ता भएका एक सय ३१ वटा मुद्दातर्फ एक सय दुई जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो अवधिमा ६५ वटा पेन्डिङ रहेका मुद्दा फछ्र्योट भएका छन् ।

फागुनमा जिल्लामा गरिएको ट्राफिक कारबाहीमा तीन हजार छ सय १४ सवारीसाधनलाई कारबाही गर्दै रु २९ लाख ११ हजार पाँच सय राजस्व सङ्कलन गरेको प्रहरीले जनाएको छ