नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

(नेपाल क्राईम)

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।

बुधबार बिहान ललितपुरको खुमलटारस्थित घरमै शौचालय जाँदा चिप्लिएर लड्दा उनी घाइते भएको पार्टीका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार अध्यक्ष प्रचण्ड सामान्य घाइते भएका छन्।