जुम्लामा भिरबाट लडेर युवकको मृत्यु

जुम्लामा भिरबाट लडेर तिला गाउँपालिका–६ सुडी गाउँका ३५ वर्षीय जङ्गबहादुर रावतको मृत्यु भएको छ। अबेरसम्म घर नफर्केपछि घरका परिवारहरुले  खोजी गर्दा भिरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी असिम हमालले जानकारी दिए।