काठमाण्डू महानगरपालिका–८ पशुपतिमा एक महिला मृत अवस्थामा फेला परेकी छन । पशुपति आर्यघाट नजिकैको सत्तलमा अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी प्रहरीले जनाएको छ ।
मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न सकेको छैन । आज बिहीबार बिहान मृत भेटिएकी महिलाको परिचय नखुलेकाले थप अनुसन्धानको काममा असहज भएको प्रहरीले जानकारी दिएको छ ।