मेट्रो ट्राफिक एफ.एम. ९५.५ मेगाहर्जको १३औँ वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमको उद्घाटन उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा मेट्रो ट्राफिक एफ.एम. व्यवस्थापन समितिका अध्यक्ष तथा उपत्यका ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले रक्तदान गरेका थिए।
उक्त रक्तदान कार्यक्रममा कार्यालयका प्रहरी सदस्यहरू, एफ.एम.सँग आबद्ध सञ्चारकर्मीहरू तथा सर्वसाधारणको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकको भनाइ अनुसार समाजप्रति उत्तरदायित्व निर्वाह गर्दै मेट्रो ट्राफिक एफ.एम.ले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।