(नेपाल क्राईम)
सर्लाहीमा यात्रुबाहक बसले थिच्दा ड्युटीमा रहेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
गएराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि अनियन्त्रित भई बागमती प्रदेश०१–००६ख २००४ नम्बरको बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको हो ।