प्रहरीले नुवाकोटको एक होटलमा जुवा खेलेको आरोपमा २२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना महिलाहरु समेत रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–६, गर्जुमा रहेको बार्दली इन होटलमा कौडा खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
डीएसपी विक्रम लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १० लाख ७१ हजार ६ सय रुपैयाँ बरामद समेत गरेको एसपी रेग्मीले जानकारी दिएका छन ।