बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर  पक्राउ

बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर  पक्राउ परेका छन् ।  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–१० बैदी डेरा गरी बस्ने सोही नगरपालिका–८ थानफेना घर भएका १९ वर्षीय वसन्त बिसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।वसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो