नेपाल आज होबार्ट हरिकेन्ससँग प्रतिस्पर्धा

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा लगातार तीन हार बेहोरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज आफ्नो चौथो खेलमा पहिलो जितको खोजीमा मैदान उत्रँदैछ । नेपालले आज बिग ब्यास लिगको अनुभवी टोली होबार्ट हरिकेन्सको सामना गर्नेछ ।डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीका लागि यो खेल प्रतिष्ठाको लडाइँ बन्नेछ भने हरिकेन्सको कप्तानी बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइटले सम्हाल्नेछन् ।