(नेपाल क्राईम)
सेती प्रादेशिक अस्पतालमा उपचाररत एक मिर्गौलापीडित बिरामीले अस्पतालको तेस्रो तलाबाट हामफाल्दा घटनास्थलमै मृत्यु भएको छ ।मृतक ६३ वर्षीय चक्रबहादुर सिंह गोदावरी नगरपालिका–१, कैलालीका स्थायी बासिन्दा हुन् ।उनी मिर्गौलाको समस्या लिएर नियमित रूपमा सेती प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका थिए । सोमबार मात्र उनलाई चिकित्सकले अस्पतालको मेडिकल वार्डमा भर्ना गरेका थिए ।अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठका अनुसार, मङ्गलवार दिउँसो करिब २ बजे सिंहले अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका थिए । तत्कालै उनलाई आकस्मिक कक्षमा लगिएको भए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।