लागूऔषध ब्राउन सुगर सहित दुई युवक पक्राउ

काठमाडौ महानगरपालिका ३१ बानेश्वर स्थित बाशुकी मार्गबाट लागूऔषध ब्राउन सुगर सहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल इन्टिलिजेन्स ब्यूरोले धनकुटा जिल्ला पाख्रीबास नगरपालिका- ५ बस्ने ३१ बर्षका डिल्लीबहादुर कटुवाल र झापा जिल्ला भद्रपुर नगरपालिका -२ बस्ने ३० बर्षका शैलेस थापामगरलाई लागूऔषध ब्राउन सुगर अन्दाजी ३० दशमलव १५ ग्राम, गाँजा तीन पोका , ब्राउन सुगर जोख्न प्रयोग भएको तराजु १ थान , मोबाईल ४ थान तथा मोटरसाइकल सहित सोमबार साँझ नियन्त्रणमा लिएको हो ।

उनीहरुका साथबाट १२ हजार ४ सय पचास नेपाली रुपैयाँ नगद समेत बरामद भएको सशस्त्र प्रहरीका सशप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बाशुकिमार्गको एक घरबाट उल्लेखित लागुपदार्थ बिक्रीवितरण गर्दै गरेको अवस्थामा उनीहलाई नियन्त्रणमा लिइएको हो ।