१५ वर्षीया मानसिक रूपमा सुस्त किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

(नेपाल क्राईम)

कैलालीमा १५ वर्षीया मानसिक रूपमा सुस्त किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय एक किशोर पक्राउ परेका छन्।

बुधबार साँझ कैलारी गाउँपालिका-८ मा बस्ने किशोरले ती किशोरीमाथि जबरजस्ती करणी गरेको भन्ने सूचना आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।