सुडानमा नर्वेजियन महिलामाथि यौन हिंसाको आरोपमा एक एसएसपीको पाँच वर्ष बढुवा नहुने भएको छ । बनेपातिर घर भएका सशस्त्र प्रहरीका एसएसपी रविन्द्रराज कर्णजितमाथि पाँच वर्षे बढुवामा अवरोध गरिएको हो ।नर्वेजियन महिलाको संवेदनशील अंगमा हात लगाएवपापत उनलाई पाँच वर्ष बढुवामा रोक लगाइएको हो । सुडानको शान्ति मिसनमा कार्यरत रहँदा एसएसपी कर्णजितले एक जना नर्वेजियन महिला अफिसरलाई संवेदनशील अंगमा छोएपछि यौनिक हिंसा गरेको आरोपमा कारबाही गरिएको हो ।उनीमाथि विभागीय कारबाही नभए संयुक्त राष्ट्र संघले सशस्त्रलाई द्वन्द्वग्रस्त क्षेत्रका तैनाथीमा रोक लगाउने चेतावनी दिएको थियो । अंग्रेजीमा राम्रो दख्खल राख्ने भएका कारण कर्णजितलाई सुडानबाट फर्केपछि आइजिपीले सचिवालयमा राख्ने तयारी गरेका थिए । तर, राष्ट्रसंघको बारम्बारको पत्रचारले सिंगो संगठनको मानमर्दन भएको भन्दै विभागीय कारबाहीका लागि दबाब दिएपछि उनको बढुवा रोक्ने निर्णय गरिएको हो ।