ईलाका प्रहरी कार्यालय बर्दिबास कार्यरत प्रहरी प्रमुख डीएसपी विकास बम असार महिनाका उत्कृष्ट प्रहरी घोषित भएका छन्।

डीएसपी विकास बमले विभिन्न गम्भीर आपराधिक घटनाको सफल अनुसन्धान, हातहतियार पक्राउ , जघन्य अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ , तथा संवेदनशील अपराधको पर्दाफासमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै उनलाई ‘ असार महिनाको उत्कृष्ट प्रहरी अवार्ड ’ को रुपमा सम्मान तथा पुरस्कृत गरिएको हो।