मोरङको धनपालथान गाउँपालिका–१ बाट प्रहरीले ३ सय २३ किलो गाँजा बरामद गरेको छ। मोरङ प्रहरीका अनुसार १० वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा फेला परेपछि सशस्त्र प्रहरीसमेतको सहयोगमा बरामद गरिएको हो। उक्त गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।