नेपालगन्जमा प्रदर्शनकारीले जलाए उपमहानगपालिक  सिडिओ कार्यालय र अदालत

भ्रष्टाचारविरूद्ध आन्दोलनमा होमिएका प्रदर्शनकारीले नेपालगन्ज मा रहेका अधिकांश सरकारी कार्यालय जलाएका छन्।

मंगलबार भएको प्रदर्शनमा उनीहरूले ,  अदालत, जिल्ला प्रशासन कार्यालय लगायत सरकारी कार्यालय जलाएका हुन्।

प्रदर्शनकारीले सार्वजनिक कार्यालय जलाउने कार्यको सुरूआत नेपालगन्ज  उपमहानगरपालिकाबाट गरेका थिए।उनिहरुले मालपोत कार्यालय, सिडिओ कार्यालय जलाउँदै जिल्ला अदालत पनि जलाएको प्रत्यक्षदर्शीले बताएका छन्। प्रदर्शनकारीले सार्वजनिक सम्पत्ति जलाउन र सडकमा प्रदर्शन गर्न अझै छाडेका छैनन्।